विभिन्न स्थानमा १० को मृत्यु, १२ बेपत्ता, १० घरमा क्षति
गोरखापत्र अनलाइन ,
असार २६, २०७७ शुक्रबार
हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा बाढी पहिरोमा परी १० जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना गरी १० जनाको मृत्यु भएको छ । त्यसैगरी, धौलागिरी गाउँपालिका–६, मराङमा १२ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । उहाँका अनुसार धौलागिरी गाउँपालिका मराङमा २० घर, ताकममा पाँच घर, मालिका गाउँपालिका–७,...