सिन्धुपाल्चोक बाढीका मृतक परिवारलाई एक लाख रुपियाँ राहत दिइने
गोरखापत्र अनलाइन ,
असार २६, २०७७ शुक्रबार
बाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपियाँ राहत दिने भएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तत्काल प्रतिमृतक एक लाख रुपियाँका दरले राहत रकम घोषणा गरेको हो ।