गण्डकीमा थपिए ३२ सङ्क्रमित, प्रदेशभरको सङ्ख्या १०६३ पुग्यो
गोरखापत्र अनलाइन ,
असार १९, २०७७ शुक्रबार
गण्डकी प्रदेशका शुक्रबार चार जिल्लामा ३२ जना काेराेना सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेशभर सङ्क्रमितको सङ्ख्या एक हजार ६३ पुगेको छ । नवलपुरको सुस्तापूर्वमा सबैभन्दा बढी १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी तनहुँमा नाै जना, पर्वतमा तीन जना र बाग्लुङमा एक जनामा पुष्टि भएको हो ।