मुस्ताङ पुग्यो सलह, गण्डकीमा क्षति न्यून, प्यूठानमा मकैबाली नष्ट
गोरखापत्र अनलाइन ,
असार १७, २०७७ बुधबार
बालीनाशक कीराको रुपमा परिचित सलह (कीरा) गण्डकी प्रदेशका सबै क्षेत्रमा पुगेको छ । केही दिनअघि नेपाल प्रवेश गरेको सलहको सानो सानो झुण्ड गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगे पनि ठूलो क्षति भने भएको छैन । सुरुमा पाल्पासँग सीमा जोडिएको स्याङ्जाको कालीगण्डकी गाउँपालिका र गुल्मीसँग सीमा जोडिएको बागलुङको बडीगाड गाउँपालिकामा सलह देखिएको थियो ।
ठूलो सङ्ख्यामा उड्दै रुखका पातहरूमा बसेका सलहले केही ठाउँमा लगाइएको बालीमा...