गण्डकीमा थपिए २८ काेराेना सङ्क्रमित, प्रदेशभर ९९४ जना पुग्यो
गोरखापत्र अनलाइन ,
असार १७, २०७७ बुधबार
गण्डकी प्रदेशमा बुधबार २८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९४ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा छ जिल्लामा २८ जनामा बुधबार बिहान कोरोना पुष्टि भएको हो ।
नवलपुरमा १२ जना १० पुरुष र दुई जना महिला, गोर्खामा एक महिला दुई पुरुष गरी तीन जना, कास्कीमा एक पुरुष, स्याङजामा तीन् महिला र पाँच पुरुष गरी आठ जना,...