प्यूठानमा भित्रियो सलहः कतै आगो बालेर, कतै बाजा बजाएर लखेट्दै
गोरखापत्र अनलाइन ,
असार १६, २०७७ मंगलवार
जिल्लामा सलह (कीरा) भित्रिएको छ । जिल्लाका विभिन्न स्थानमा सलह देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।
पूर्वी प्यूठानको मल्लरानी गाउँपालिका–२ चुँजाबाट सलह भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जानकारी दिनुभयो । सोमबार बेलुका भित्रिएको सहल अहिले जिल्लाका विभिन्न ठाउँमा फैलिएका छन् ।
जिल्लाको बरौला, अर्खा, रजबारा, बाँदिकोटलगायत ठाउँमा सलह देखिएपछि किसानले आगो...