औद्योगिक क्षेत्रमा पानी पस्यो, २०० बिघा धान खेत डुबानमा
रासस
असार १६, २०७७ मंगलवार
चार / पाँच दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पसेको छ । पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा पानी पस्दा लाखौँको क्षति भएकोे औद्योगिक क्षेत्रले जनाएको छ ।
सरकारी उपेक्षाको मार खेप्दै आएको औद्योगिक क्षेत्रका केही उद्योगमा पानीसमेत पसेको जनाइएको छ । औद्योगिक क्षेत्रभित्र मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कान्तिपुर...