लगातारको वर्षाले राजविराजका गाउँबस्ती जलमग्न
गोरखापत्र अनलाइन ,
असार १५, २०७७ सोमबार
लगातार पाँच दिनदेखि अविरल वर्षाले राजविराज नगरसहित जिल्लाका आधा दर्जन गाउँबस्ती जलमग्न भएको छ । भने स्तरोन्नति राष्ट्रिय आयोजनाको हुलाकी सडक खण्डको विभिन्न स्थानमा हिलाम्य भएका कारण बाटो अवरुद्ध भएको छ ।
पछिल्लो पाँच दिनयताको वर्षाका कारण राजविराज नगरको वडा नं १, ५, ६, ७ र ९ सहित टोलहरू जलमग्न भएका छन् । राजविराजको खैरसाल, पुलचौक, सिरहारोड, सरस्वती टोल, बिहारपुरलगायत जलमग्न हुँदा आवतजावतमा समस्या भोग्नुपरेको छ ।