रुपन्देहीमा सलह हराए, क्षति छैन, पहाड उक्लिए
गोरखापत्र अनलाइन ,
असार १४, २०७७ आईतवार
रुपन्देहीमा शनिबार देखिएको सलह कीरा पहाडी क्षेत्रतिर लागेको छ । रुपन्देहीमा ठूलो सङ्ख्यामा शनिबार सलह देखिएपछि किसानहरू त्रसित बनेका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका प्रमुख रामप्रसाद पाण्डेका अनुसार आइतबार रुपन्देहीका कुनै पनि स्थानमा सलह देखिएको जानकारी आएको छैन । “हामीले जिल्लाका विभिन्न स्थानीय तहका कृषि शाखाहरूसँग सम्पर्क गर्दा कुनै पनि क्षेत्रमा सलह देखिएको पाइएको छैन” उहाँले...