म्याग्दीमा छ जना काेराेना सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
असार ११, २०७७ बिहीबार
हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितहरूको सङ्ख्या १४ पुगेको छ । बिहीबार बिहान आएको पीसीआर परीक्षणको नतिजा छ जनामा पोजिटिभ आएसँगै जिल्ला भित्रका सङ्क्रमित हुनेको सङ्ख्या १४ पुगेको हो ।
मङ्गला गाउँपालिका–१ कुहुँका २० र ३५ वर्षका पुरुष, मङ्गला गाउँपालिका-३ का २६ वर्षीय र ४ का २३ वर्षीय पुरुष तथा बेनी नगरपालिका–४, सिङ्गाका १७ वर्षीय पुरुष गरी पाँच जना पुरुष तथा बेनी नगरपालिका–३ का २६ वर्षीया महिलामा...