ललितपुर महानगरले ल्यायो कर छुटसहितको नीति तथा कार्यक्रम
गोरखापत्र अनलाइन ,
असार १०, २०७७ बुधबार
ललितपुर महानगरपालिकाले महानगरबासीले आर्थिक वर्ष २०७७/७८ मा बुझाउनुपर्ने विभिन्न करमा छुट दिने भएको छ । महानगपालिकाले बुधबार सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा महानगरपालिकाले मालपोत, सम्पत्ति कर, बहाल कर, व्यवसाय कर र विज्ञापन करमा १० प्रतिशत छुट र बाँकी बक्यौतामा जरिवाना मिनाह गर्ने नीति लिएको छ ।