बाँकेमा थप २३ जना निको भए, ५९ जना मात्र निको हुन बाँकी
गोरखापत्र अनलाइन ,
असार ११, २०७७ बिहीबार
अधिकांश कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि बाँके जिल्ला क्रमशः कोरोनामुक्त हुन थालेको छ । बिहीबार मात्रै २३ जना सङ्क्रमितहरू निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका कोराना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीबार निको भएर घर फर्किनेहरूमा राप्तीसोनारी गाउँपालिका-७ का १२ जना, कोहलपुरका चार जना, खजुराका पाँच जना र नेपालगञ्जका तीन जना रहेका छन् । यसअघि बुधबार पनि बाँकेका नाै जना निको...