गण्डकीमा थपिए ३२ सङ्क्रमित, कुल ८३८ पुग्यो
गोरखापत्र अनलाइन ,
असार १३, २०७७ शनिबार
गण्डकी प्रदेशमा शनिबार बिहान ३२ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान प्रकाशित गरेको विज्ञप्ति अनुसार नयाँ सङ्क्रमित हुनेमा स्याङ्जाका २२ जना, बागलुङका आठ जना र नवलपरासी पूर्वका दुई जना रहेका छन् ।