गण्डकीमा एकै दिन थपिए १०४ सङ्क्रमित, कुल ६९७ पुग्यो
गोरखापत्र अनलाइन ,
असार ९, २०७७ मंगलवार
गण्डकी प्रदेशमा मङ्गलबार एकै दिन १०४ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार बेलुकासम्म गरिएको परीक्षणमा १०४ जना नयाँ सङ्क्रमित थप भई कुल सङ्क्रमितको सङ्ख्या ६९७ पुगेको हो ।
निर्देशनालयले मङ्गलबार साँझ जारी गरेकाे विज्ञप्तिका अनुसार सङ्क्रमण देखिएका अधिकांशको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको थियो । गण्डकी प्रदेशमा...