बस्ती–बस्तीमा मेयर, स्वरोजगार हुन चाहनेलाई बिना धितो ऋण
रासस
असार ९, २०७७ मंगलवार
बागलुङ नगरपालिकाले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइसरका कारण गुमेको रोजगारी सिर्जना गर्नेदेखि मर्कामा परेका व्यावसायीको कर छुट गर्ने सम्मका योजना ल्याएको छ । नगरसभामा नगरप्रमुख जनकराज पौडेलले बस्ती–बस्तीमा मेयर कार्यक्रमदेखि स्वरोजगार हुन चाहनेलाई बिना धितो ऋणसम्मका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८मा कोरोना भाइरसको नियन्त्रणका लागि...