रोपाइँको सट्टा छरेर धानखेती गर्दै किसान
रासस
असार ८, २०७७ सोमबार
कैलालीको भजनी नगरपालिका–३ का मानबहादुर साउँदले एक बिघा जग्गामा धानखेती गर्नुहुन्थ्यो तर उहाँले यस वर्ष भने तीन बिघा जग्गामा धानखेती गर्नुभएको छ । उहाँले एक बिघा खेतमा धान रोप्नुभएको छ भने दुई बिघा खेतमा धान छर्नु (बुनु) भएको छ । “केही उच्च ठाउँमा धानको रोपाइँ गरिन्थ्यो, प्राय सबै जमीन वर्षातको सिजनमा बाँझै हुन्थ्यो”, साउँदले भन्नुभयो, “यस वर्ष सबै किसानले खेतमा धान छरेर खेती गरेका छन्, उत्पादन रोपेकै बराबर हुने भएपछि...