सुदूरपश्चिमका दुई नाकाबाट आइतबार ५०५ नेपाली भित्रिए, १७२ भारतीय बाहिरिए
गोरखापत्र अनलाइन ,
असार ७, २०७७ आईतवार
सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट आइतबार ५०५ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७२ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २ गते यता दैनिक नेपाल भित्रिने क्रम जारी छ । भारतबाट नेपाली नागरिक आउने क्रम कम हुँदै गए पनि रोकिएको छैन ।
सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार आइतबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट २५१ नेपाली नागरिक भित्रिएका छन् भने ७३...