बुटवलको उपमहानगरद्वारा जोखिममा खट्नेलाई बीमा, आयुर्वेद र योग विस्तारमा जाेड
गोरखापत्र अनलाइन ,
असार ८, २०७७ सोमबार
कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको प्रदेश ५ को अस्थायी राजधानी भएको बुटवल उपमहानगरपालिकाले बुटवलमा जोखिमबीच खटिरहेकाहरूको बीमा गर्ने भएको छ । उपमहानगरले जोखिम मोलेर सङ्क्रमणविरुद्ध खटिरहेका बुटवलका महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी लगायतको बीमा गर्ने भएको हो ।