बाढीले खतराको विन्दु नाघ्याे, साइरन बज्यो, उद्धार टोली तयार
गोरखापत्र अनलाइन ,
असार ६, २०७७ शनिबार
दाङ, रोल्पा, प्युठान र बाँकेमा शनिबार बिहानैदेखि लगातार भइरहेको वर्षाले राप्ती नदीमा पानीको सतहले ‘खतराको विन्दु’ पार गरेर धेरै माथि बगिरहेको छ । राप्ती नदीमा पानीको सतह ५.४० मिटर भन्दा बढी पुगेपछि खतराको निशान पार गरेको मानिन्छ ।