कर्णालीमा ४६ नयाँ सङ्क्रमित थपिए, कुल एक हजार २४५ पुग्यो
गोरखापत्र अनलाइन ,
असार ६, २०७७ शनिबार
कर्णालीमा शनिबार ४५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो ३.०० बजे जारी गरेको सूचनामा प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा २० जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरेको परीक्षणमा २६ गरी कुल ४६ जना नयाँ सङ्क्रमित फेला परेको जनाएको छ । नयाँ थपसँगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार २४५ पुगेको छ ।