गण्डकीमा थप ५८ जनामा कोरोना सङ्क्रमण, कुल ४३८ पुग्यो
गोरखापत्र अनलाइन ,
असार ६, २०७७ शनिबार
गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान प्रकाशित गरेको विज्ञप्ति अनुसार नयाँ सङ्क्रमितसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ४३८ पुगेको छ । नयाँ सङ्क्रमण पुष्टि हुनेमा तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा पाँच, कास्कीमा दुई, स्याङ्जामा एक, म्याग्दीमा एक जना रहेका छन् ।