बिहीबार बिहान ७७ सङ्क्रमित थपिए, कुल ३२४ पुग्यो
गोरखापत्र अनलाइन ,
असार ४, २०७७ बिहीबार
गण्डकी प्रदेशमा बिहीबार बिहान मात्र ७७ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमित पुष्टि भएको छन् । गण्डकी स्वास्थ्य निर्देशनालय बिहीबार बिहानसम्म तीन पटक कोरोना सङ्क्रमितको अद्यावधिक गरेको थियो । बिहान ५ः ४५ बजेको विज्ञप्तिमा ४२ जना, बिहान ८ बजेको विज्ञप्तिमा पाँच जना र बिहान ९ बजेको विज्ञप्तिमा ३० जना नयाँ सङ्क्रमित थपिएकाे जानकारी दिइएकाे थियाे ।