प्रदेश–१ मा एकै दिन ४० जनाले कोरोना जिते
गोरखापत्र अनलाइन ,
असार ४, २०७७ बिहीबार
प्रदेश १ मा आज कोरोना सङ्क्रमण निकौ भई ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका नाै र भोजपुरका चार जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् । सुन्दरहरैचाबाट डिस्चार्ज हुनेहरूलाई आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला,...