दुई हजार १८६ नेपाली भित्रिए, ४२५ भारतीय बाहिरिए
गोरखापत्र अनलाइन ,
जेष्ठ २९, २०७७ बिहीबार
रोजगारीका लागि भारत गएका र लकडाउनमा अलपत्र परेका नेपाली सुदूरपश्चिम प्रदेशका दुई मुख्य नाकाबाट भित्रिने क्रममा बुधबारको तुलनामा बिहीबार केही बढेको छ । कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट बिहीबार दुई हजार १८६ भित्रिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बिहीबार गड्डाचौकी नाकाबाट ६९६ नेपाली नागरिक भित्रिएका छन् भने १३६ जना भारतीय बाहिरिएका छन् ।
त्यसै गरी, कैलालीको गौरीफन्टा...