कर्णालीमा थप ८३ जनामा कोरोना सङ्क्रमण, कुल ८४६
गोरखापत्र अनलाइन ,
जेष्ठ ३०, २०७७ शुक्रबार
कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शुक्रबार नयाँ ८३ जना कोरोना सङ्क्रमित देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८४६ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोेगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।