logo
२०८१ फाल्गुन १४ बुधवार



नेचुङमा सशस्त्रको बोर्डर आउट पोष्ट स्थापना

प्रदेश |


नेचुङमा सशस्त्रको बोर्डर आउट पोष्ट स्थापना


चन्द्रप्रकाश शर्मा
पोखरा, जेठ १६ गते । चीनसँग जोडिएको उत्तरी कोरला नाकानजिकै सशस्त्र प्रहरीको नेपाल बोर्डर आउट पोष्ट स्थापना गरिएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको नेचुङमा स्थापना गरिएको आउट पोष्टको बिहीबारदेखि औपचारिक रुपमा स्थापना गरिएको हो । नेचुङमा रहेको सीमा भन्सार कार्यालयको नवनिर्मित भवनमा अस्थायी रुपमा बस्नेगरी सशस्त्र प्रहरीका अतिरिक्र महानिरीक्षक नारायणबावु थापाले पोष्टको उद्घाटन गर्नुभएको थियो ।

लामो समयदेखि चर्चामा रहेको कोरला नाकादेखि करिब १० किलोमिटर वर नेपालतर्फको भूभागमा पोष्ट स्थापना गरिएको छ । अहिले स्थापना गरिएको पोष्टमा वर्षेनी दुई पटक लाग्ने अन्तरदेशीय मेलालाई लक्षित गरी सीमा भन्सार कार्यालय राखिएको थियो । सरकारले सीमा क्षेत्रमा बिओपी स्थापना गर्ने योजना अनुसार उत्तरी नाकामा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरिएको थियो ।

बिओपी स्थापना गर्दै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सीमा क्षत्रको शान्ति सुरक्षा कायम गर्न तथा नाका आसपास हुनसक्ने अवैध क्रियाकलाप न्युनिकरण गर्न बिओपीले योगदान पु¥याउँने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले सीमा नाका सञ्चालनका लागि दुवै देशले पूर्वाधार निर्माणमा विशेष ध्यान दिएकाले बिओपी स्थापनाले नाका सञ्चालनमा आउने सन्देश दिएको बताउनुभयो ।

उक्त क्षेत्रमा पोष्टको पूर्वाधार निर्माणका लागि तीन वर्ष अगाडि नै ३३ रोपनी जग्गा प्राप्त भएको थियो । हाल अस्थायी रुपमा रहेको बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० जना सशस्त्र जवान खटिने डिएसपी आनन्द थापाले जानकारी दिनुभयो । सरकारले कोराला नाका सञ्चालनका लागि दसगजा क्षेत्रमा भन्सार कार्यालय, सुरक्षा लगायतका व्यवस्था गर्नका लागि जग्गा व्यवस्थापनको काम सुरु गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?