सुदूरपश्चिम प्रदेश सभाको छैठाैँ अधिवेशन सुरु, कोरोना नियन्त्रणमै जोड
गोरखापत्र अनलाइन ,
जेष्ठ १३, २०७७ मंगलवार
सुदूरपश्चिम प्रदेश सभाको छैठाैँ अर्थात बर्खे अधिवेशन मङ्गलबारबाट सुरु भएको छ । अधिवेशनको सफलताको शुभकामना दिँदै प्रदेश सभामा रहेका तीनै दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरुले कोरोना नियन्त्रण र रोकथाममा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । सो अवसरमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पूर्व बजेटको दस्तावेज पेश गर्नु भएको थियो ।