logo
२०८१ मंसिर १२ बुधवार



काभ्रेपलाञ्चोकमा कोरोना सङक्रमित छैनन्

प्रदेश |


काभ्रेपलाञ्चोकमा कोरोना सङक्रमित छैनन्


मधुसुधन तिमल्सिना
काभ्रे, जेठ ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काभ्रेपलाञ्चोक जिल्लामा एक जना कोरोना सङ्क्रमित रहेको तथ्याङ्क प्रकाशन गरेको भएपनि उनी काभ्रेपलाञ्चोकको नरहेको पाइएको छ । जेठ ३ गते धुलिखेल सामुदायिक अस्पतालमा परीक्षणमा कोरोना पोजेटिभ देखिएका मध्यपूर्वी पृतना महोत्तरीका कार्यरत नेपाली सेनाका जवान काभ्रेपलाञ्चोकका सङक्रमित भनेर मन्त्रालयले भनेको भएपनि उनी काठमाडौँ जिल्लाको रहेको पाइएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख एवम् जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव नरेन्द्रकुमार झाले अहिलेसम्म काभ्रेपलाञ्चोक जिल्लामा कसैलाई पनि कोरोना नभएको जानकारी दिनुभयो । धुलिखेल अस्पतालको ल्याबमा गरिएको परीक्षणको नतिजामा कोरोना पोजेटिभ देखिएका व्यक्ति काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका निवासी रहेको झाले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्लामा अहिलेसम्म कसैमा पनि कोरोना सङक्रमण नभएको जानकारी मन्त्रालयलाई गराइसकेको बताउनुभयो ।
धुलिखेल अस्पतालमा चैत २३ गतेदेखी अहिलेसम्म एक हजार नौ सय जनाको परीक्षण गरिएको छ । परीक्षण भएकामध्ये एक हजार ७०८ जना शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट, १७२ काभ्रेपलाञ्चोक जिल्ला र २० जना अन्य जिल्लाबाट रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?