एक हजार ७५३ जनाको स्वाब जुम्लामा ल्याइयो
रासस
जेष्ठ ७, २०७७ बुधबार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ । हुम्लाका पाँच स्थानबाट ६००, कालिकोटको नौ स्थानबाट ६५३, मुगुको दुई स्थान र केही गाडीमा ल्याएको सहित ५०० गरेर एक हजार ७५३ जनाको स्वाब जुम्ला ल्याइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।