सर्लाहीका दुईजना सङ्क्रमित टेकुमा पुगी परीक्षण गराएका थिए
गोरखापत्र अनलाइन ,
जेष्ठ ६, २०७७ मंगलवार
सर्लाहीमा मङ्गलबार थपिएका कोरोनाभाइरस (कोभिड–१९) का दुई जना सङ्क्रमितले टेकु पुगेर परीक्षण गराएको खुलेको छ ।
जिल्लाको बाग्मती नगरपालिका–९ का ३४ वर्षीय पुरुष र हरिवन नगरपालिकाको नयाँरोड क्षेत्रका ३१ वर्षीय पुरुषले टेकु पुगेर परीक्षण गराउँदा कोभिड–१९ पोजेटिभ पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । हालसम्म प्राप्त जानकारी अनुसार उहाँहरू आफैँ टेकु पुगेर पीसीआर टेष्ट गराएको बुझिएको छ,...