दश स्वास्थ्यकर्मीको स्वाब परीक्षण, कोरोना सङ्क्रमितको गाउँपालिका बन्द
रासस
जेष्ठ ६, २०७७ मंगलवार
अर्घाखाँचीको छाया पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा केही दिनअघि उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिक बन्द गरी उपचार, प्रयोगशाला र औषधालयमा संलग्न स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।