logo
२०८१ फाल्गुन १० शनिवार

  सीमा अपडेट  



करीब २६ सय नेपाली स्वदेश फर्किए,४४ भारतीय रोकिए

प्रदेश |


करीब २६ सय नेपाली स्वदेश फर्किए,४४ भारतीय रोकिए
नेपाली फिर्ता गरे पछि सीमा बन्द गर्दै भारीय सुरक्षाकर्मी


गोकर्ण दयाल
बैतडी, वैशाख १८ गते । भारतीय सीमा नाका झुलाघाट, धारचुला र पिथौरागढ क्वारेन्टाइनमा रहेका दुई हजार ५९५ जना नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल–भारत दुबै देशका सीमामा रहेका गेट खुलेर नेपालीहरु धमाधम फर्किदा भारतले भने पुलमा आईपुगेका आफ्ना नागरिकलाई भारत जान रोकेको छ ।

नेपाल सरकारको पहलमा बैतडी र दार्चुला जिल्ला प्रशासनको अगुवाईमा बैतडीको झुलाघाट नाकाबाट एकहजार दुईसय ९९ र दार्चुला नाकाबाट एकहजार दुईसय ९६ गरि कुल दुईहजार ५९५ जना नेपाली स्वदेश फर्किएदा भारतीहरु भने नाकाबाट निराश भएर नेपाल फर्किका छन् ।

विहीबार बैतडी र दार्चुलाको सीमा नाकाबाट दुई हजार पाँचसय भन्दा बढी नेपालीहरु स्वदेश फर्किरहँदा ४४ जना भारतीय नागरिक आफ्नो देश फर्किन पाएनन् ।

बैतडीको झुलाघाटमा १५ जना र दार्चुलामा २९ जना भारतीय आफ्नो भूमिमा टेक्न आतुर भएर सीमा पुलमा पुगेका थिए । भारत जान सीमा पुलमा पुगेका मध्ये एक जना किरियापुत्री र शिशु बोकेका महिला रहेका छन् ।

लकडाउनका बेला सीमा नाकाबाट भारत भित्रिने अनुमति नभएको भन्दै भारतीय सुरक्षाकर्मीले आफ्ना ४४ जना नागरिक नेपालतर्फ नै फिर्ता पठाएको हो ।

भारतको पिथौरागढ जिल्लाको बालुवाकोटका शङ्करदत्त भट्टले नेपालमा हुँदा एक महिना अघि भारतमा बुवाको निधन भयो तर, उहाँ किरिया गर्नसमेत घर फर्किन नपाएको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्याले बताउनुभयो ।

लकडाउनका कारण दार्चुलामा रोकिएका भारतीय नागरिक शङ्करदत्त भट्टले धार्मीक संस्कार अनुसार बुवाको किरिया गर्न समेत भारत फर्किन नपाएको गुनासो छ । भारतले सीमा पुल खोलेर नेपालीलाई आउन दिए पनि नेपालमा रहेका आफ्ना नागरिकलाई नाकाबाट फिर्ता पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विहीबार सरकारको पहलमा जिल्ला प्रशासन कार्यालय बैतडीले नाका खोलेर नेपाल भित्रिएका सबैलाई सम्बन्धित जिल्ला र स्थानीय तहको क्वारेन्टाइनमा बसाल्न बैतडीबाट गाडी बुक गरेर पठाईएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?