कोरोना कोषमा नेकपा संसदीय दलले १४ लाख ८० हजार जम्मा गर्ने
रासस
चैत्र १७, २०७६ सोमबार
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा रु १४ लाख ८० हजार १३० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको सो कोषमा मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुहुने बताइएको छ ।