logo
२०८१ मंसिर ११ मंगलवार



लकडाउन अवज्ञा उल्लघन गर्ने ६४ जना पक्राउ

प्रदेश |


लकडाउन अवज्ञा उल्लघन गर्ने ६४ जना पक्राउ


शिवशंङ्कर मिश्र

बारा, चैत १७ गते । जिल्ला प्रशासन कार्यालय बाराले लक डाउनको सातौ दिन सोमबार प्रहरीले निषेधाज्ञा अवज्ञा उल्लघन गर्ने ६४ जना पक्राउ गरेको छ । 

यसरी लक डाउनको अवज्ञा उल्लघन गर्ने मध्ये एक जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको छ भने, ११ जनालाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

पक्राउ परेकाहरुमध्ये ५२ जनालाई अब उप्रान्त सरकारी आदेश उलंघन नगर्ने भनि प्रति ब्यक्ति सय रुपियाँ जरिवानागििर सम्झाई बुझाई एक पटकको लागि छोडिएको जिल्लाका प्रहरी प्रवक्तासमेत रहनु भएका मिश्रले जानकारी दिनुभयो ।


यसैगरि जिल्ला भरिमा लकडाउनको अवज्ञा उल्लघनगर्ने २ सय ३१ वटा मोटरसाइकल, छ वटा ट्रक, ३ ट्रेक्टर र एक सेन्टरो गाडी नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका ती सवारीसाधनको डकुमेन्टको आधारमा ट्राफिक नियमानुसार रु.५ सयदेखि हजार रुपियाँसम्म जरिवानागरि छाडिएको प्रहरी प्रवक्ता मिश्रले बताउनुभयो ।

बाहिरबाट आएका ११ जना कोरोन्टाईनमा
बाहिरबाट घर फिर्ता आएकामध्ये बारा जिल्लामा अहिलेसम्म ११ जनालाई स्वास्थ्य कर्मचारीको निगरानीमा राखिएको बारा प्रहरीले बताएको छ ।
मुलुक बाहिरबाट काम सकेर वा कोरोना भाईरसको संक्रमणबाट बच्न बारा जिल्लामा आएकाहरुलाई स्थानीयहरुले खोज तलासगरि प्रहरीलाई जानकारी दिदै कोरोन्टाईनमा राखिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
जिल्लाको कलैया अस्पतालको आईसोलेसनमा ५, सिम्रौनगढ नगरपालिकामा २, देवताल गाउँपालिकामा २ तथा पिपरपाती र आर्दशकोतवाल गाउँपालिकामा १÷१ जनागरि ११ जनालाई स्वास्थ्य कर्मचारीसँगै प्रहरीको निगरानीको कोरोन्टाईनमा राखिएको बारा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?