जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने
रासस
चैत्र १६, २०७६ आईतवार
गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।