चालीस भारतीय जनकपुरमा अलपत्र
रासस
चैत्र १६, २०७६ आईतवार
विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाको जोखिमको बेला प्रदेश २ को राजधानी जनकपुरधाममा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित १२ बिघा रङ्गभूमि मैदानमा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । माटोको गिलास, कप र प्लेटलगायत सामग्रीको व्यापार गर्दै आएका भारत महाराष्ट्र भोपाल जिल्ला बताउने ती व्यक्ति १२ बिघा रङ्गभूमि मैदानमा अलपत्र अवस्थामा प्लाष्टिकको पालभित्र...