साझा अभियानमा एक भएर लागौँ : मुख्यमन्त्री शाही
रासस
चैत्र १५, २०७६ शनिबार
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसविरुद्धको अभियानमा एक भएर लाग्न कर्णालीवासीलाई अपिल गर्नुभएको छ । शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले महामारीका रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले रु ५० करोड विपद् व्यवस्थापन कोष खडा गरेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाहीले भन्नुभयो, “कोरोनाको प्रतिकार्यका लागि कोषमा मलगायत मेरो मन्त्रिपरिषद्का सदस्यले...