कोरोनाका बिरुद्ध लड्न दाङका स्थानीय तहको तयारी, आइसोलेसन वेड स्थापनादेखि खाद्यान्न सहयोगसम्म
गोरखापत्र अनलाइन
चैत्र १५, २०७६ शनिबार
कोभिड १९ अर्थात् नोवेल कोरोना भाइरस बिरुद्ध लड्न दाङका स्थानीय तहहरुले तयारी तीब्र पारेका छन् । जिल्लाका दशवटै स्थानीय तहहरु कोरोना बिरुद्ध लड्न तयारी अवस्थामा रहेका छन् ।
जिल्ला प्रशासनको समन्वयनमा जिल्लाका स्थानीय तहहरुले आइसोलेसन वेड स्थापनादेखि खाद्यान्न सहयोग गर्नेसम्मका तयारी थालेको जनाएका छन् । गाउँगाउँमा सचेतनाको कार्यक्रम सञ्चालन गरिरहेको भन्दै स्थानीय तहले विदेशबाट आएका नेपाली नागरिकहरुको अभिलेख...