logo
२०८१ मंसिर ८ शनिवार



साउदी दूतावासद्वारा कामदार मागपत्र प्रमाणीकरण स्थगन

विदेश |
फिचर |
खुला |


साउदी दूतावासद्वारा कामदार मागपत्र प्रमाणीकरण स्थगन


काठमाडौं फागुन ३० गते । साउदीमा रहेको नेपाली राजदूतावास रियादले कामदार मागपत्र प्रमाणीकरणको काम तत्कालको लागि बन्द गरेको छ । नेपाल सरकारले श्रम स्वीकृति स्थगन गरे सँगै दूतावासले पनि आफनो कार्यालयबाट कामदार मागपत्र प्रमाणीकरणको काम अर्को सूचना नआएसम्मको लागि बन्द गरेको एक सूचना जारी गदै जानकारी दिएको हो ।
कोरोना भाइरस रोग नियन्त्रण र रोकथाम गर्न भन्दै श्रम स्वीकृति स्थगन गर्ने निर्णय विहिवार सरकारले गरेको थियो ।
यो निर्णय सँगै वैदेशिक रोजगारमा जाने सवै मुलुकको लागि श्रम स्वीकृति बन्द गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?