गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र ७ गते । साउदीमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि रोकथामका लागि १४ दिनसम्म सार्वजनिक यातायात बन्द हुने भएको छ ।
साउदीमा रहेको नेपाली राजदुतावासको सूचना अनुसार चैत्र ८ गते शनिबारबाट लागू हुने गरी आन्तरिक उडानका साथै बस सेवा, ट्याक्सी, रेललगायत सार्वजनिक यातायातका साधन १४ दिनसम्मका लागि बन्द हुने छन् ।
साउदी अरबमा हिजोसम्म कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २७४ पुगेको छ । यस अघि यो संख्या २३८ रहेको थियो । राजधानी रियादमा हिजो पनि थप २१ जनामा यो रोगको संक्रमण भेटिएको छ ।