गाेरखापत्र अनलाइन
लन्डन, चैत १७ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा १ करोड ८८ लाख रूपियाँ जम्मा भएको छ। संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहरूको सहयोगार्थ सो रकम जम्मा भएको हो ।
कोरोना भाइरसका कारणले विदेशमा बस्ने नेपाली मध्य बेलायतमा २ जनाको मृत्यु भैसकेको छ भने सयौंको संख्यामा संक्रमित भएको आशंका गरिएको छ । संघले विश्वभर छरिएका गैरआवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वास्थ्य हेल्प लाइन समेत शुरु गरेको छ । संघको सबै ८१ देशमा रहेका शाखाहरु महामारी विरुद्ध लड्न सकृय छन् ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देश भित्र र परदेशमा समस्यामा पर्नु भएका नेपाली दाजुभाई ,दिदीबहिनीहरु ,श्रमिक तथा विधार्थीहरुमा सहयोग गर्ने उद्देश्यले स्थापित “गैर आवासीय नेपाली संघको आपतकालिन राहत कोष”मा हाल सम्म सहयोग गर्ने दाताहरुको नामावली यस प्रकार छ ।