logo
२०८१ मंसिर ८ शनिवार



हिमपहिरोमा बेपत्ता भएका दुई पर्यटकको शव फेला

विदेश |
खुला |


हिमपहिरोमा बेपत्ता भएका दुई पर्यटकको शव फेला


देवबहादुर कुँवर

काठमाडौँ, वैशाख १५ गते । नेपाली सेनाको विशेष खोज तथा उद्धार टोलीले चारमहिना अघि हिमपहिरोमा परि बेपत्ता भएका दुई जना दक्षिण कोरियाली पर्यटकको शव फेला पारेको छ ।

गत वर्ष माघ तीन गते कास्की जिल्लाको अन्नपूर्ण ईलाकाको हिङ्कुकेभ क्षेत्रमा हिमपहिरो जाँदा तीन नेपाली पथप्रर्दशक (गाइड) र चारजना कोरियाली पर्यटकहरू गरी सातजना बेपत्ता भएका थिए ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, दुईजना नेपालीको शव घटना भएको केही दिनपछि फेला पर ेपनि बाँकीको अवस्था अज्ञात रहेको थियो ।

सेनाको पश्चिम पृतना पोखरा अन्तरगत सेकेण्ड रेन्जर (विशेष फौज) बटालिएनबाट खटिएको सैनिक खोज तथा उद्धार टोलीले बाँकी एक नेपाली र दुई कोरियाली पर्यटकको खोजी जारी राखेको छ ।

हिमपहिरोबाट निकालिएको शव सैनिक हेलिकप्टरमार्फत् आइतबार स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो । हराई रहेका थप व्यक्तिको खोजी कार्य जारी रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?