logo
२०८१ मंसिर ९ आईतवार



  तीन राजदूतबाट शपथ ग्रहण  

विदेश |
मुख्य समाचार |


  तीन राजदूतबाट शपथ ग्रहण  


काठमाडौँ, कात्तिक १६ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिनुभएको छ । राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?