logo
२०८१ जेष्ठ ६ आईतवार



लेक लागेर एक भारतीय तीर्थयात्रीको मृत्यु

विदेश |
खुला |


लेक लागेर एक भारतीय तीर्थयात्रीको मृत्यु


अमृतप्रसाद पौडेल

बेनी, मङ्सिर २३ गते । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ दर्शनका लागि आएकी ६० वर्षीया भारतीय महिलाको लेक लागेर मृत्यु भएको छ । भारतको आन्द्रप्रदेश अमलापुर घर भै मुक्तिनाथ दर्शनका लागि आएकी बाईकृष्ण बेणीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरिक्षक (इन्सपेक्टर) प्रताप पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका–१ मुक्तिनाथको जिपपार्क नजिकै लेक लागेर एक्कासी डलेकी वृद्धालाई उपचारका लागि मुस्ताङ जिल्ला अस्पताल जोमसोम ल्याएकोमा अस्पतालले मृत्त घोषणा गरेको हो ।

जिल्ला अस्पताल जोमसोमका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत एकराज बस्नेतका अनुसार मुक्तिनाथ भ्रमणका लागि आएका जेष्ठ नागरिक बेहोस् भएर ढलेको भन्दै उपचारका लागि ल्याएको भए पनि अस्पताल आइपुग्नुभन्दा पहिले नै मृत्यु भइसकेको थियो ।

मुक्तिनाथ मन्दिरमा दर्शनका लागि धेरैजसो भारतीय पर्यटक आउने र जेष्ठ नागरिक आउने गर्दा जोखिम बढी हुने गर्दछ । अशक्त अवस्था भैसक्दा पनि एक पटक मुक्तिनाथ दर्शन गर्नै पर्ने र त्यसो गर्दा मुक्ति पाइने भन्ने भारतमा मान्यता हुने हुँदा जोखिम मोलेरै भए पनि दर्शनका लागि आउने गरेको मुक्तिनाथस्थित होटल सञ्चालक अमृत सुवेदीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?