logo
२०८१ जेष्ठ ५ शनिवार



प्रवासीलाई दरामखोलाको असला माछा कोसेली

विदेश |
खुला |
प्रदेश |


प्रवासीलाई दरामखोलाको असला माछा कोसेली



नवीन शिशिर विक
बागलुङ, मङ्सिर २४ गते । बागलुङको तेस्रो ठूलो व्यापारी केन्द्र गलकोट बजारको छेउ हुँदै बग्ने दरामखोला असला माछाको लागि चर्चित छ । त्यहाँको माछा स्वदेशमा भन्दा प्रवासमा रहेका गलकोटेको रोजाईमा परेको हो ।

असला माछाका पारखीले प्रवासमा सुकुटी मगाउन थालेपछि माछाको मूल्य बढेर गएको हो । दरामखोलाको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने हुँदा यसको माग बढ्दो छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोलामा पाइने असला माछाको माग विदेशमा बढेपछि यसको मूल्य विगत केही वर्ष यता ह्वातै बढेको हो ।

अहिले दरामखोलामा पाइने सुकेको असला माछाको प्रतिकिलो पाँच हजार रुपियाँ बढी पर्न थालेको छ । अन्यत्र पाइने माछा भन्दा बढी स्वादिष्ट हुने भएपछि दरामखोलाका माछा जापान, अमेरिका, बेलायत, तथा युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ ।

गलकोट क्षेत्रमा विश्वका विभिन्न मुलुकमा पुगेका आफ्ना आफन्तलाई कोसेली पठाउनका लागि भने जति पैसा तिरेर माछा किन्ने आफ्ना तयार हुन्छन् । व्यावसायिक रुपमा माछा विदेश निर्यात नभए पनि कोसेलीको रुपमा विदेश पठाउने चलन बढेको गलकोट होटल व्यवसायी संघका अध्यक्ष कौशिला घर्तीले बताउनुभयो ।

असला माछाका पारखी बढी छन् उहाँले भन्नुभयो–‘कोसेली पढाउने आफन्तको माग बढी हुँदा मूल्य चर्काे भएको छ । असला माछा खानकै लागि गलकोट आउनेलाई माग अनुसार पुर्याउन कठिन हुने घर्तीको भनाइ छ ।

कोलेसीको माग बमोजिम नै जलाहारी माछा मार्न जाने गरेको स्थानीय नवीन काउचाले बताउनुभयो । आलो माछा प्रतिकिलो एक हजार रुपियाँ र सुकुटी माछाको मूल्य १० हजार रुपियाँसम्म पर्ने काउचाको भनाइ छ ।

दराम खोलामा करिब २५ जना युवाले दैनिक माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् । असला माछाको माग विदेशमा बढी हुँदा किन्नेहरुको प्रतिस्पर्धाले मूल्य राम्रो पाउने काउचाले बताउनुभयो ।

जिल्लाको तेस्रो ठूलो व्यापारी केन्द्र गलकोट बजारमा मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुले समेत खरिद गर्छन् । विषादी तथा करेन्ट लगाएर माछा मार्ने गतिविधिले खोलामा माछा कमी हुँदै गएको जलारी रामबहादुर श्रीसको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?