logo
२०७९ जेष्ठ १४ शनिवार



उपत्यकाका सबै सङ्ग्रहालय बन्द

खुला |


उपत्यकाका सबै सङ्ग्रहालय बन्द


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ९ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको छ ।
हनुमानढोका दरबार सङ्ग्रहालय, नारायणहिटी, पाटन, ललितपुरको सङ्ग्रहालय अर्को सूचना नआउन्जेलका लागि शनिबारबाट बन्द गरिएका छन् ।
काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालका अनुसार सबै कार्यालयलाई बैठकको निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालका अनुसार प्रशासन कार्यालयको निर्णयबमोजिम शनिबारबाट सङ्ग्रहालय बन्द गरिएका छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?