भारतीय धावक मिल्खा सिंहको निधन, सम्मानसहित अन्त्येष्टि गरियो
गोरखापत्र अनलाइन
असार ५, २०७८ शनिबार
चार पटक एशियाली खेलकुदका च्याम्पियन बन्नुभएका भारतीय धावक मिल्खा सिंहको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुई दिन अघि मात्रै कोभिड १९ को परीक्षण रिपोर्ट निगेटिभ आएको मिल्खाको शुक्रबार अबेर राति उपचारकै क्रममा मृत्यु भएको हो । ९१ वर्षीय मिल्खाको चण्डीगढस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
मिल्खा सिंहका छोरा एवम् गल्फर जीव मिल्खा सिंहले बुवाको मृत्युको पुष्टि गर्नुभएको छ । गत् आईतबार...