logo
२०८१ मंसिर १० सोमवार



भारतीय धावक मिल्खा सिंहको निधन, सम्मानसहित अन्त्येष्टि गरियो

खेलकुद |


भारतीय धावक मिल्खा सिंहको निधन, सम्मानसहित अन्त्येष्टि गरियो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार ५ गते । चार पटक एशियाली खेलकुदका च्याम्पियन बन्नुभएका भारतीय धावक मिल्खा सिंहको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुई दिन अघि मात्रै कोभिड १९ को परीक्षण रिपोर्ट निगेटिभ आएको मिल्खाको शुक्रबार अबेर राति उपचारकै क्रममा मृत्यु भएको हो । ९१ वर्षीय मिल्खाको चण्डीगढस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
मिल्खा सिंहका छोरा एवम् गल्फर जीव मिल्खा सिंहले बुवाको मृत्युको पुष्टि गर्नुभएको छ । गत् आईतबार मात्रै मिल्खाकी श्रीमति निर्मल कौरको समेत मोहालीमा उपचारकै क्रममा निधन भएको थियो । भारतीय प्रधानमन्त्री र राष्ट्रपतिले समेत मिल्खाको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
सन् १९२८ को नोभेम्बर ३० मा हालको पाकिस्तानमा अवस्थित गोबिन्दपुरमा जन्मिनुभएका मिल्खा कार्डिफमा सन् १९५८ मा आयोजित कमनवेल्थ खेलकूदमा स्वर्ण पदक जित्ने पहिलो भारतीय धावक बन्नुभयो । उहाँले ४६.६ सेकेण्डमा चार सय मिटरको दूरी पार गर्नुभएको थियो । उहाँले दक्षिण अफ्रिकी मेल्कम स्पेन्सलाई पछि पार्दै स्वर्ण जित्नुभएको थियो । उक्त कीर्तिमान पचास वर्षपछि मात्रै कृष्णा पूणियाँले भङ्ग गर्नुभयो ।


अर्जेन्टिनाको उरुग्वेमाथि जित
गोरखापत्र अनलाइन
काठमाडौं, असार ५ गते । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा उरुग्वेलाई हराएको छ । प्रतियोगितामा आफ्नो पहिलो खेलमा उरुग्वेले हार बेहोरेको हो ।
करिब दुई वर्षपछि राष्ट्रिय टोलिका लागि मैदानमा उत्रिनुभएको गुइडो रोड्रिगजले गर्नुभएको एक मात्र गोल अर्जेन्टिनलाई उरुग्वेमाथि जित दिलाउन पर्याप्त भयो । उरुग्वेका स्ट्राइकर एडिन्सन कभानीले पेनाल्टीका लागि गर्नुभएको अपील म्याच रेफ्रीले अस्वीकार गरेपछि ऊ निराश हुन पुग्यो ।
जितसँगै अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा उक्लेको छ । चिली र अर्जेन्टिनाले समान चार चार अङ्क जोडेको छ । उरुग्वेले आफ्नो दोस्रो खेलमा चिलीको सामना गर्नेछ । अर्जेन्टिनाले भने पराग्वेसँग खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?