फोब्र्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
रासस
चैत्र २२, २०७६ शनिबार
दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन् प्रतिमा । कोरोना भाइरसका कारण अल्यासतल्यास भएकी छिन् । उनको शरीर अमेरिकामा त मन नपालमै छ । अमेरिकामा दिनप्रदिन बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतिमा कहीँकतै निस्कन मिल्ने अवस्था छैन ।