logo
२०८१ मंसिर ९ आईतवार



विश्वकप खेलेको ब्याट निलामी गरी राहत कोषमा रुपियाँ जमा गर्ने शकीबको घोषणा

खेलकुद |


विश्वकप खेलेको ब्याट निलामी गरी राहत कोषमा रुपियाँ जमा गर्ने शकीबको घोषणा


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १० गते । बङ्गलादशे क्रिकेटका अलराउण्डर शकीब अल हसनले विश्वकप २०१९ मा आफूले खेलेको ब्याटलाई निलामी गरेर कोरोनाभाइरस संक्रमितको राहत कोषमा योगदान दिनुहुनेछ । बङ्गलादेशका सबैभन्दा सफल क्रिकेटर मध्येका शकीब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको दुई वर्षे प्रतिबन्धमा हुनुहुन्छ ।
सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष जानकारी गराउनुहुँदै शकीबले आफूले २०१९ को विश्वकप क्रिकेटमा खेलेको ब्याटलाई निलाम गरेर जमा हुन आउने रुपियाँ राहत कोषमा सहयोग गर्ने खुलाउनुभयो । विश्वकपमा आफूले प्रयोग गरेको ब्याट आफ्नो सबैभन्दा मनपर्ने ब्याट रहेको शकीबले बताउनुभयो । ३३ वर्षीय अलराउण्डरले इंग्ल्याण्डमा सम्पन्न विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । उक्त ब्याटबाट उहाँले आठ खेलमा ८६.५७ को औसतले ६०६ रन बनाउनुभयो ।
ब्याटिंग अतिरिक्त उहाँले बलिङमा समेत ११ विकेट लिनुभएको थियो । विश्वकप क्रिकेटको एकै संस्करणमा दश विकेटसँगै ६०० भन्दा बढी रन बनाउने पहिलो क्रिकेटरका्े कीर्तिमान समेत शकीबले बनाउनुभयो । विश्वकप अघि पनि आफूले उक्त ब्याटबाट १५ सय रन बनाएको शकीबले बताउनुभयो ।
शकीब अल हसन अघि बङ्गलादेशका अर्का क्रिकेट मुश्फीक्र रहिमले पनि आफ्नो ब्याट निलामी गरेर आउने रुपियाँ राहत कोषमा जमा गर्ने बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?